Logo
Logo

अखिल क्रान्तिकारीका अध्यक्षका दाबेदार विश्वमणिद्वारा उम्मेदवारी फिर्ता


1.1k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षका उम्मेदवारमध्ये विश्वमणि थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका ६ जनामध्ये थापाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले शुक्रवार बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो ।

केही बेरमा उम्मेदवारका अन्तिम नामावली सार्वजनिक गर्ने र शनिवार निर्धारित समयमै निर्वाचन सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्