काठमाडौं । कैलालीको धनगढीमा भाइको कैची प्रहारबाट दाइको मृत्यु भएको छ । शनिबार राति धनगढी उपमहानगरपालिका–१७ मा ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काले बताए ।
खड्काका अनुसार कैची प्रहारबाट घाँटीमा चोट लागि गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा पठाइएको थियो । उपचारकै क्रममा उनको आइतबार बिहान २ः५० बजेतिर मृत्यु भएको खड्काले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ । दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।