Logo
Logo

पाथीभरा झडपका घाइते ३ जनालाई काठमाडौं ल्याउने तयारी


2.6k
Shares

काठमाडौं । पाथीभरा क्षेत्रमा प्रहरीको गोली लागेर घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ ।

पाथीभरा क्षेत्रको बलुडाँडामा शनिबार अपरान्ह र साँझ गरी केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच भएको झडपमा चार जना घाइते भएका थिए । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ।

स्थितीलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले चलाएकाे गोली लागेर गम्भीर घाइते भएका याम लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो । पहिचानवादी नेता सरु सिंघकले केबलकार निर्माणको विरोध गरिरहेको समूहका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौंकाे बिएण्डबि हस्पिटल लैजाने तयारी भइरहेकाे जानकारी दिइन् ।

घाइतेहरूको अहिले विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले घाइतेहरूलाइ विराटनगरबाट हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने गृहकार्य भइरहेको जानकारी आफूलाई प्राप्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस्