Logo
Logo

पाथीभरामा केबलकार निर्माण गर्ने योजना खारेज गरिओस् : राजेन्द्र महतो


2.2k
Shares

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका छन् । अध्यक्ष महतोले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रहरी दमनको भत्र्सना गरेका हुन् ।

अध्यक्ष महतोले कुनैपनि प्रकारको विकास स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको संरक्षणविना हुन नसक्ने भन्दै सो क्षेत्रमा केबलकार बनाउने योजना खारेज गर्न माग गरेका छन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा शनिबार केबलकार निर्माणको विरोध गर्ने स्थानीय युवा र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर चारजना प्रदर्शनकारी घाइते भएका छन् ।
अध्यक्ष महतोले घाइतेहरुको शीघ्र उपचार र न्याय सुनिश्चित गर्न तथा आन्दोलनरत नागरिकसँग वार्ता र संवादमार्फत समस्या समाधान गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्