काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्जे भएको हो ।
मुख्य सचेतक महेश बर्तौलाले मंगलबार दिउसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्न दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।
आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।