Logo
Logo

शीर्ष नेताहरुसँग छलफल गर्दै राष्ट्रपति भण्डारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० असार ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीहरूसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई छलफलका लागि बोलाएकी छिन् । समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा छलफलका लागि पूर्वप्रधानमन्त्रीहरूसहित प्रमुख राजनीतिक दलका नेताहरूलाई राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज चार बजे बोलायएको छ ।


राष्ट्रपतिको सचिवालयका तर्फबाट नेताहरूलाई राष्ट्रपति भण्डारीले भेटघाट गर्न खोज्नुभएको भन्दै खबर गरिएको छ । प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाकै वरिष्ठ नेताद्वय तथा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, समाजवादी जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका दलका नेताहरू राष्ट्रपतिसँगको भेटघाट र छलफलमा सहभागी हुनेछन् । पछिल्ला राष्ट्रिय मुद्दामा विषयमा राष्ट्रपतिले शीर्ष नेताहरुसँग सामूहिक संवाद गर्न चाहेको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए ।

छलफलमा नेपालको नयाँ नक्सा प्रकाशनलगायतका काममा राजनीतिक दलहरूको एकताप्रति राष्ट्रपतिले नेताहरूमार्फत धन्यवाद दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्