Logo
Logo

नेकपाको स्थायी कमिटी बैठक सुरु, एमसिसीबारे निर्णय हुने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ ,१० असार । 

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । लिखित प्रतिवेदन प्रस्तुत नभएको बैठकका पाँच एजेन्डा तय गरिएको छ ।


६ महिनापछि बसेको बैठकमा एमसिसीलाई पनि प्रमुख एजेन्डामा राखिएको छ । कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धि, सीमा समस्या र एमसिसीलाई मुख्य एजेन्डामा राखिएको छ ।

बुधबारको बैठकको सुरुमा पार्टी अध्यक्षद्वयले छलफलका बिषय राखेपछि आजको बैठक सकिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार सदस्यहरुले बिहीबार मात्र आफ्ना धारणा राख्नेछन् ।

नेताहरुले बैठकमा अहिलेका समसामयिक विषय उठाउने तयारी गरेका छन् । तर, प्रधानमन्त्री ओली बैठक एक वा दुई दिनमै सक्ने योजनामा छन् । बैठकमा सरकारको कामको समीक्षा र अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय हुने सम्भावना छ । ओली एमसीसी पास गर्नुपर्ने पक्षमा भएपनि प्रचण्ड यसबारे खुलेका छैनन् । दुई अध्यक्षको विवादकै कारण बैठकमा प्रतिवेदन समेत पेश हुन सकेन

प्रतिक्रिया दिनुहोस्