Logo
Logo

नेकपाको बैठक सुरुः रक्षात्मक स्थितीमा प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौैं, १२ असार ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सुचारु भएको छ । बुधबारबाट सुरु भएको बैठकमा आजबाट नेताहरुले प्रस्तावित एजेण्डाहरुमा आ–आफ्ना धारणा राख्दैछन् । बैठक बिहान ११ बजेर २० मिनेटबाट शुरु भएको प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा छन् ।

बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविधसहित सात एजेण्डा छलफलका लागि प्रस्तावित छ । विविधि अन्तर्गत भने रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ता कटौतिको विषय एजेण्डामा राखिएको छ ।

बुधबार बसेको बैठकमा अध्यक्ष ओली र प्रचण्डबाट सरकार र पार्टी संचालनका विषयमा फरक–फरक बुझाईको मन्तव्य आएपछि शुक्रबारबाट सुरु हुने छलफलमा ध्रुवीकरणको आधार खडा गरिसकेको छ । यद्यपि, ध्रुवीकरण रोकेर बैठकबाट ’मध्यमार्गी’ निर्णय गराउनेगरी नेताहरुले अनौपचारिक तहमा प्रयास पनि गरिरहेका छन् ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री वा अध्यक्ष पद छाड्न ओलीलाई दबाब दिएका छन् । नेता माधव कुमार नेपालले पनि त्यस्तै दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्