Logo
Logo

बाजुरामा थप २३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२९ पुग्यो


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, १२ असार । बाजुरामा थप २३ जनामा कोरोना पुष्टि भएको छ । गौमुल गाँउपालिकाका २२ जना र स्वामिकार्तिक गाँउपालिकाका १ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका वताएका छन् ।
२३ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा जाँच गरिएको थियो । बाजुरामा यो सँगै १ सय २९ जना कोरोना संक्रमित पुगेका छन् । बडिमालिका नगरपालिकाको ४० जना, बुढिगंगाको २६ जना, त्रिबेणि नगरपालिकामा ३९ जना, गौमुल गाँउपालिका २२, जगन्नाथ १ जना र २ जना स्वामिकार्तिक गाँउपालिकाको रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्