
काठमाडौं । प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध पाँच दिनको म्याद थप भएको छ ।
ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।
उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यहारको कसुरमा पाँच दिनको म्याद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।
उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेपछि दुई प्रहरी घाइते भएका थिए ।
प्रहरीमाथि आक्रमण गर्ने दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत तथा नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।