Logo
Logo

पानी परेपछि सलहको जोखिम कम


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ असार । अफ्रिकी मुलुक हुँदै पाकिस्तान, भारतबाट नेपालको तराईका जिल्लामा देखापरेको सलह मंगलबार काठमाडाँैमै देखिएपनि प्रभाव कम हुने जनाइएको छ ।
गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ । वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । उनले काठमाडौँमा देखापरेको सलहको झुण्ड नभएको बताए ।
नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्