काठमाडौँ । नेपालको अग्रणी अनलाइन बजार, दराजले नेपालको पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक र अग्रणी डिजिटल वालेट, इसेवासँग सहकार्य सुरु गरेको छ । यो साझेदारीका साथ प्रयोगकर्ताहरूले सजिलै दराज एपमा खरिद गरेको कुनै पनि चिजको लागि इसेवामार्फत भुक्तानी गर्न सक्दछन् । यो नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउनेछ । यसले चेकआउट प्रक्रियाको समय घटाउनेछ, डिजिटल सुरक्षा अझै बलियो बनाउने छ र प्रयोगकर्तालाई सामाजिक दूरी कायम गर्न पनि सहयोग पु¥याउनेछ ।
दराजमा इसेवा वालेट प्रयोग गर्न, ग्राहकहरूले पहिले आफ्नो इसेवा खातालाई दराज एपसँग लिंक गर्नुपर्नेछ । लिंक भइसकेपछि ग्राहकहरूले ओटिपीमार्फत किनमेल गर्न सक्नुहुनेछ । इसेवा वालेटमार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया पनि छिटो हुनेछ ।
‘इसेवा नेपालको एकदमै लोकप्रिय डिजिटल वालेट हो र दराज एपमा इसेवा वालेटको स्थापना गरेर हाम्रा प्रयोगकर्ताहरुको लागि अझै धेरै भुक्तानी सुविधा प्रदान गर्न सकेकामा हामी निकै उत्साहित छौं । हामी दुई कम्पनीबीचको सहकार्यले हाम्रा ग्राहकहरूको लागि अझै सहज सपिङ अनुभवमा दिन सक्ने कुरामा विश्वस्त छौं’, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने ।
नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजमा चार हजारभन्दा बढी विक्रेताहरूले किरानादेखि इलेक्ट्रोनिक्स हरेक किसिमका सामानहरू बेच्छन् । दराजले विराटनगर, पोखरा, चितवन जस्ता सबै प्रमुख क्षेत्रहरूसहित नेपालका २४ भन्दा बढी शहरहरूमा वितरण गर्दछ । विभिन्न उत्पादन र राष्ट्रव्यापी डेलिभरीका कारण धेरैले अनलाइन सपिङका लागि दराज नै रोज्दछन् । साथै अब ईसेवामार्फत पनि भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकहरूलाई महामारी को बेलामा नगद चलाउनु पर्ने अवश्यकता पनि पर्दैन, उनले भने ।
मानिसहरु सक्रमणको खतराले बाहिर निस्कन नसकेपनि घरै बसी आफूलाई चाहिने हरेक अवश्यक्ताहरु अनलाइन भुक्तानी र ईकमर्समार्फत खरिद गर्न सक्दछन् । त्यसकारण हालका वर्षहरुमा नेपालमा लोकप्रिय हँुदै गएको अनलाइन भुक्तानी र ईकमर्स अहिले अवश्यकतानै बन्न पुगेको छ ।