Logo
Logo

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले १२ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले जारी स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपिरहेका छन् । स्थायी कमिटीका अधिकांश सदस्यहरूले उनको राजीनामा मागेका छन् । यसैबेला उनले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । साथै आजै स्थायी कमिटीको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्