काठमाडौं, २९ असार ।
नेपालीहरुको प्रतिव्यक्ति आउ १०९० अमेरिकी डलर पुगेको छ ।
प्रतिव्यक्ति आय बढेसँगै नेपाल न्यून आय भएको मुलुकबाट पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा बनेको छ । विश्वबैंकले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सन् २०१९ मा निम्नमध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्वबैंकले जनाएको छ ।
गत वर्ष नेपालको प्रतिव्यक्ति आय नौ सय ७० डलर थियो । सन् २०१९ मा नेपालको आयस्तर बढेपछि मध्यम आयवर्गमा उक्लिएको हो ।