काठमाडौं, २० असार ।
नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबारसम्मका लागि बैठक स्थगित भएको हो ।
विवाद समाधान हुने संकेत नदेखिएपछि बैठक स्थगित भएको हो । शुक्रबार अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच लामो छलफल भएपनि सहमति हुन सकेन । ओलीले आफुलाई हटाएर पार्टी फुटाउने चेतावनी दिएका थिए ।