Logo
Logo

यी हुन् पाँच सय भन्दा धेरै संक्रमित भएका ११ जिल्ला


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० असार ।
पाँच सय भन्दा धेरै संक्रमित भएका जिल्लाको संख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ का तीन जिल्ला, प्रदेश ५ का तीन जिल्ला र कर्णालीको १ जिल्ला र सुदूरपश्चिम प्रदेशका चार जिल्ला गरी ११ जिल्लामा प्रतिजिल्ला ५ सय भन्दा बढी कोरोना संक्रमित भएका छन् ।


प्रदेश २ का महोत्तरी, सर्लाही, रौतहटमा प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित छन्। प्रदेश ५ का कपिलवस्तु, पाल्पा र दाङमा पनि प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित छन्।
यस्तै कर्णालीको दैलेख र सुदूरपश्चिमको कैलाली, अछाम, डोटी र बाजुरामा समेत प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित पाइएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलना जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्