Logo
Logo

प्रधानमन्त्री शीतलनिवासमा, मन्त्रीहरुलाई सात बजे बालुवाटार बोलाइयो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका थिए । पार्टीभित्रको पछिल्लो विवादबारे छलफल गर्न उनले मन्त्रीहरुलाई बोलाएका छन् ।


त्यसअघि छलफलका लागि प्रधानमन्त्री राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न उनी शीतलनिवास गएका हुन् । मन्त्रिहरुलाई बोलाएकाले ओलीले कुनै महत्वपूर्ण निर्णय गर्न लागेको आँकलन गरिएको छ ।

शुक्रबार ओली र प्रचण्डबीच लामो छलफल भएपनि सहमति हुन नसकेपछि टकराव बढेको छ । शुक्रबारको स्थायी कमिटी बैठक समेत स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्