Logo
Logo

स्ववियु निर्वाचन: देउवा-गगन पक्षले मात्र पाए सभापतिको टिकट, शेखरको भागमा ‘शून्य’


20.6k
Shares

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते हुँदैछ । स्ववियुको निर्वाचनअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको थियो । स्ववियु निर्वाचनअन्तर्गत उपत्यकाका क्याम्पसहरूमा नेपाली सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा पक्षबाट मात्र सभापति उम्मेदवारका लागि टिकट पाएका छन् ।

सबै उपत्यकाका क्याम्पसहरूमा देउवा र महामन्त्री थापा निकटले मात्र टिकट पाउँदा संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षले भने सभापतिको टिकट नपाएपछि बागी उम्मेदवार दिएका छन् । स्ववियुका उम्मेदवारबीच सहमति जुट्न नसकेपछि संस्थापनइतरका नेता कोइराला पक्षले छुट्टै उम्मेदवार खडा गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अनोज कार्की नेविसंघको आधिकारिक उम्मेदवार बनेका छन् । शेखर पक्षबाट स्वतन्त्र उम्मेदवारका रुपमा सनम ओलीले अध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै, आरआर क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारमा अध्यक्षका लागि विनोदराज जोशीले नाम दर्ता गरेका छन् । यस क्याम्पसमा शेखर पक्षबाट दीपेन्द्र रावतले उम्मेदवारी दिएका छन् ।

कमर्स क्याम्पस मीनभवनमा रवीन ओली, पुल्चोक इन्जिनियररिङमा ऋिषभ गिरी उम्मेदवार बनेका छन् । जोशी र ओली पार्टीका संस्थापन पक्षधरका हुन् भने गिरीलाई सर्वसम्मत रुपमा चयन गरेर नाम पठाइएको थियो ।

नेविसंघबाट त्रिचन्द्रमा गोविन्द कोइराला र अस्कलमा राजु लामिछाने अध्यक्षको उम्मेदवार बनेका छन् । कोइराला र लामिछाने महामन्त्री गगन थापा निकट हुन् ।

त्रिचन्द्रमा आधिकारिक उम्मेदवार कोइराला बनेपछि नेता शेखर पक्षबाट सागर न्यौपानेको उम्मेदवारी परेको छ । पोखरास्थित पीएन क्याम्पसमा अध्यक्षमा सुशील न्यौपानेले उम्मेदवारी दिएका छन् । थापाथली क्याम्पसमा प्रल्हाद खड्कालाई नेविसंघले टिकट दिएको छ भने शेखर पक्षबाट शिशिर सापकोटा उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्