काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ । त्यसका लागि भोलि (शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएको छ ।
एकीकृत समाजवादीका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे कार्की बैंक्वेट बबरमहलमा हुने पत्रकार सम्मेलनमा सरकारको नालायक गतिविधिको विरोध गर्दै आन्दोलनसहितका विशेष कार्यक्रमघोषणा गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्षसहित शीर्ष नेताहरूको उपस्थितिमा हुने बताइएको छ । सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सलबलाउन नेकपा एसको निष्कर्ष छ । त्यसविरुद्ध आन्दोलन गर्ने एकीकृत समाजवादीले तयारी गरेको हो ।