Logo
Logo

वुमन्स-डे कपमा आज हङकङसँग खेल्दै नेपाल


252
Shares

काठमाडौं । जारी चार देश सम्मिलित वुमन्स–डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।

हालसम्म खेलेका पाँचमध्ये नेपाल चार खेलमा पराजित भएको छ । यससँगै नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिएकोे छ । नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ ।

नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्