Logo
Logo

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ६ प्रहरी नियन्त्रणमा


2.6k
Shares

काठमाडौं । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि स्ववियु सभापति जसवन्त पौडेलसहित स्ववियु सचिव सनिम ठकुरी, स्ववियु सदस्य रोशनकुमार पासवान, प्रज्वल अधिकारी र नवीन तिवारीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले स्ववियु कार्यालयअगाडि आई कुर्सी, सूचनापाटी तोडफफोड गरेको प्रहरीले जनाएको छ । महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेविसंघमा विवाद छ ।

प्रतिक्रिया दिनुहोस्