Logo
Logo

परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा. पाण्डे


441
Shares

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोजा कार्की पाण्डे नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई नियुक्त गरेका हुन् । डा. पाण्डेले सोही अस्पतालमा १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरिसकेका छन् । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्रीरोग विशेषज्ञमा एमडी गरेका छन् ।

यसअघि भरतपुर अस्पतालको रजिष्ट्रार भइसकेका डा. पाण्डेले प्रसूति तथा स्त्रीरोगसम्बन्धी नीति निर्माण तथा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्