Logo
Logo

त्रिचन्द्रमा नेविसंघका बागी उमेदवारले गरे तालाबन्दी


1k
Shares

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका उम्मेदवारले नै ताला लगाएका छन् । शुक्रबार स्ववियु सभापतिका दुईजना उम्मेदवारहरू श्रीधर श्रेष्ठ र विवेक बानियाँले ताला लगाएका हुन् ।

निर्वाचन समितिले मतपत्रमा उम्मेदवारको क्रमसंख्याको विषयमा एकलौटी ढंगले निर्णय गरेको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । दुवैजना नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)का बागी उम्मेदवार हुन् ।

त्रिचन्द्रमा नेविसंघले गोविन्द कोइरालालाई उम्मेदवार बनाएको छ । त्यहाँ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका वामपन्थी दलका विद्यार्थी संगठनले तालमेल गरेका छन् । स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्