Logo
Logo

बिआरआई नेपालका लागि विकास र समृद्धि हासिल गर्ने अवसर : झलनाथ खनाल


1.3k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई नेपालका लागि विकास र समृद्धि हासिल गर्ने अवसर भएको बताएका छन् ।  

फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसोलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले बिआरआईबाट फाइदा दिँदै यसलाई विकास र समृद्धिको अवसरको रूपमा लिनुपर्ने बताए । बिआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रूपमा रहेको उनले बताए ।

उनले पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बिआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने धारणा राखे । बिआरआईलाई चिनियाँ ऋणको पासोका रूपमा केहीले टिप्पणी गर्ने गरेको उल्लेख गर्दै नेता खनालले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा नै देखिएको बताए ।  

त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताए । चीन विश्वकै प्रमुख व्यापारिक केन्द्र बन्दै गएको भन्दै उनले आयातमा समेत चीन निकै अगाडी रहेको जानकारी दिए । उनले बिआरआईका कुनै अन्योलमा पर्नुपर्ने कारण नरहेको र यसमार्फत पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरणका काम अघि बढेको जानकारी दिए ।  

उनले अहिले विद्युतीय सवारी साधनमा चीन विश्वकै धेरै उत्पादन गर्ने मुलुक बन्न सफल भएको बताए । कार्यक्रममा नेपालमा विआरआई कार्यान्वयनः अवसर र चुनौतीलगायत विषयमा छलफल गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्