बुटवल । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा ४९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुई समूहबिच भएको झडपमा घाइते भएका अस्पताल ४९ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घटनामा गम्भीर रहेका घाइते १ जना र २ जना नेपाल प्रहरीको मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ । अन्य घाइतेहरूलाई नेपालगन्जको भेरी अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार झडपका क्रममा सुधार केन्द्रभित्र आगजनीसमेत गरिएको छ । बालबन्दीहरूले आफू बस्ने लत्ता कपडा भाँडाकुँडा र फर्निचर आगजनीमा गरेको थिए । घटनामा तीन जना प्रहरी पनि घाइते भएका छन् ।