Logo
Logo

सीमा विवादमा भारतको समर्थन गर्दा सरिता गिरीको सांसद पद गुम्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ असार ।
नेपाल–भारत सीमा विवादमा भारतको पक्ष लिएर बोलेकी जनता समाजवादीकी नेतृ तथा सांसद सरिता गिरीलाई पार्टीले कारबाहीको निर्णय गरेको छ । पार्टीबाट निष्काशन गर्ने र सांसद पदबाट समेत हटाउने निर्णय मंगलबार जसपाले गरेको हो ।


पार्टीको छानबिन प्रतिवेदनको आधारमा उनलाई यस्तो निर्णय भएको हो । कालापानी क्षेत्रको सीमा विवादमा सो जमिन भारतको भनेर जवाफ दिएकी थिइन् । उनको यस्तो कदमको चर्काे आलोचना भएको थियो । भारतमा जन्मिएकी उनले नेपालमा बिहे गरेर राजनीतिमा लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्