Logo
Logo

नेकपाको आजको बैठक पनि स्थगित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २४ असार ।
आजका लागि तय भएको नेकपाको स्थायी कमिटीको बैठक पनि स्थगित भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गरेका हुन् ।


२६ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको हो । केही दिनयता ओली र प्रचण्डबीच वान टु वान वार्ता भइरहेको छ । अनेक कार्ड खेलेर ओली विवाद मिलाउने प्रयासमा छन् ।

स्थायी कमिटीका बहुमत सदस्यले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा मागेपछि ओली संकटमा छन् ।

प्रतिक्रिया दिनुहोस्