Logo
Logo

धनुषामा प्रहरीको गोली लागेर एकजना घाइते


6.2k
Shares

जनकपुरधाम । धनुषामा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार धनुषाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका हुन् ।

डीएसपी सिंहका अनुसार उनको पहिचान खुलेको छैन । घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउन लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्