Logo
Logo

कालीदाबस बाबाको चरणमा को को ?


1.6k
Shares

काठमाडौं । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज) नेपाल आएको बेला नेपालका नेतादेखि कर्मचारीहरुसम्मको दर्शनका लागि लाइन लाग्ने गरेको छ । यसपल्ट उनी नेपाल आएको बेला यस्तै लर्को लागेको थियो । काठमाडौका भीमसेनदास प्रधानदेखि पूर्व परराष्ट्रमन्त्री एनपी साउदपत्नी ज्योत्सना साउदसम्म दर्शनका लागि पुगेका थिए ।

यसैगरी गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी पनि दण्डवत गर्न पुगेका थिए । संघीयताको वकालत गर्दै आएका सांसद अमरेशकुमार सिंहले पनि बाबासँग आसिरवाद लिएका थिए । उनी संसदमा चर्को स्वरमा संघीयताको पक्षमा वकालत गर्दै आएका छन् । त्यस्तै कांग्रेसका केही सांसदहरु पनि बाबाको दर्शनका लागि बत्तिस पुतली पुगेका थिए ।

भारतले नेपाल हिन्दुराष्ट्र भएको देख्न चाहेको बताउदै आएका कालीदास बाबाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँधै हिन्दुराष्ट्रका पक्षमा रहेको दावी गर्दै नेता र कर्मचारीलाई यही सन्देश रहेको विवरण सुनाएका थिए ।

उनले राजसंस्थाको पनि खुलेर प्रशंसा गरेका थिए । लामो लाइन राखेर उनले नेताहरुलाई बत्तिसपुलतीस्थित एक घरमा हिन्दु राष्ट्रको प्रवचन दिएका थिए । उनको प्रवचन सुनेर राजावादी उत्साही भएका थिए ।

‘एक अभिभावकका रुपमा राजसंस्था चाहिन्छ । नेपालका नेताहरुले पनि वाध्य भएर गणतन्त्र रोज्नुभएको हो । उहाँहरुले म सँगको कुराकानीमा वाध्यताले राजसंस्था हटाउनुपरेको बताइरहनु भएको छ । हामीले पहिल्यैदेखि देवी देउता, देउराली, ढुंगा, आकाश–पाताल, पृथ्वी, कुल मान्दै आएका हौं । त्यसैले राजसंस्थाको अलग्गै महत्व छ,’ उहाले भन्नुभयो,‘राजसंस्था र हिन्दुराष्ट्र परिपूरक पनि हुन्,’ उनले भने । हलेसी महादेवको दर्शन गरेर शुक्रबार काठमाडौ आएका कालीदास बाबाले शुक्रबार नेपालको राजनीतिज्ञ, कर्मचारी र सुरक्षा अंगका उच्च अधिकारीहरुलाई दर्शन दिने समय छुट्याएका थिए ।

केही दिन अघि काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनमा योगी आदित्यनाथको तस्विर सार्वजनिक भएको विषयमा बोल्दै उनले भने– ‘गोरक्षपीठाधीश्वर योगी आदित्यनाथ राजा ज्ञानेन्द्रलाई श्री ५ वडामहाराजधिराज भनेर सम्बोधन गर्नुहुन्छ । राजसंस्था कायम होस भन्ने चाहनुहुन्छ ।’ राजावादीको विरोधमा देशका उच्च पदको जिम्मेवारीमा बसेको नेताहरुले अपशब्द प्रयोग गरेर गाली गरेको भन्दै उनले आपत्ति जनाएका थिए । उनी आइतबार नै पत्रकार सम्मेलन समेत गरेर नेपालमा हिन्दु राष्ट्रको बारेमा वकालत गर्न भ्याएका थिए । उनी आइतबार साँझ नै भारत फर्केका छन् ।

हलेसीको दर्शनपश्चात् कालीदास बाबाले दिक्तेलको मझुवा कालिका भगवती मन्दिरको दर्शन गरेका थिए । दूधकोशी नदीको शुद्ध जलले स्नान गरेर पहिलो चरणमा हलेसी महादेव मन्दिरको दर्शन गर्नुपर्ने र त्यसपछि दिक्तेलस्थित मझुवा कालिका भगवतीको दर्शन गरेमात्र पूर्ण पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको कालीदास बाबाले बताउँदै धार्मिक प्रवचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्