
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने भएको हो ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी रणनीतिका बारेमा गम्भीर छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । त्यस्तै सोमबार घोषणा भएको ‘राजतन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बारे पनि आजको बैठकमा छलफल हुनेछ ।
एक्ला–एक्लै आन्दोलन गरेर निष्कर्षमा नपुगिने हुँदा विचार मिल्नेहरू सबैसँग मोर्चाबन्दी गरेर आन्दोलनमा जानुपर्ने राप्रपा नेपालले बताउँदै आएको छ ।