Logo
Logo

इजरायलद्वारा गाजामा फेरि हमला, ३४ जनाको मृत्यु, ७० घाइते


378
Shares

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ । इजरायली सेनाले विज्ञप्ति जारी गर्दैं हमासको आतंककारी लुक्ने क्याम्पहरुलाई लक्षित गरी आक्रमण थालिएको जानकारी दिएको हो ।

रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मध्य गाजाको देर अल बलाहका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको जनाएको छ । यसका साथै खान युनिस र सफाहका भवनहरुमा पनि आक्रमण भएको छ । हमलामा परी ३४ प्यालेस्टिनीको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।

गाजामा सन् २०२५ को १९ जनवरीदेखि युद्धविराम कार्यान्वयनमा आएको थियो । पहिलो चरणको युद्धविराम १ मार्चदेखि समाप्त भएको थियो । दोस्रो चरणको युद्धविरामको प्रयास भइरहेका बेला इजरायलले हमास लक्षित आक्रमण गरेको हो । बीबीसीले यो आक्रमणलाई युद्धविरामयताको सबैभन्दा ठूलो हमला भनेको छ ।

प्रतिक्रिया दिनुहोस्