
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज एक हजार एक सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
सोमबार एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार दुई सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आ चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० कायम भएको महासंघले जानकारी दिएको छ।
सोमबार चाँदी प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।