Logo
Logo

संग्रौलामाथिको आरोप र मिडिया ट्रायल


21.2k
Shares

काठमाडौं । कलेजबाट भर्खरै पासआउट भएकी एक विद्यार्थीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत काठमाडौं स्कुल अफ लका कार्यकारी निर्देशक तथा प्राध्यापक डा.युवराज संग्रौला लगायत प्राध्यापकविरुद्ध लाञ्छना लगाइन् । ति किशोरीको लाञ्छनामा हो मा हो मिलाउँदै एकपक्षीय रुपले मिडिया र सामाजिक सञ्जालमा पनि आक्रमणको तारो बनाइएको छ ।

काठमाडौं स्कुल अफ लका जिम्मेवार पदाधिकारीविरुद्ध लगाइएका आरोपहरूलाई लिएर तथ्यको गहिराइमा नपुगी यतिबेला मिडिया र सामाजिक सञ्जालमा मौका छोप्ने गतिलो अवसर बन्न पुगेको छ । प्रा. डा.संग्रौलालाई स्वनिर्भरता, उत्पादन, नागरिकतन्त्र तथा सामाजिक न्यायका सवालहरूमा दार्शनिक सामाजिक वैचारिक अभियन्ताका रुपमा सर्वसाधारणले समेत चिन्छन् ।

अपुष्ट आरोपहरू सामाजिक मर्यादाविरुद्ध हुने बिषयको हेक्का नराखी एकोहोरो प्रहार भइरहेको पाइन्छ । ति किशोरीले कुनै आधार र तथ्यविना विगतदेखि नै आफैले प्राध्यापकहरूमाथि अश्लील गालीगलौज गर्ने, आफैले आरोपहरू लगाउने र आफै सामाजिक सञ्जालमा प्रचार गर्ने गरेकी थिइन् । कतिपय मुलधारको दाबी गर्ने मिडियाहरूले समाचार लेख्नुअघि कम्तीमा तथ्यहरूको जाँच गर्नुपर्ने सामान्य नियमलाई आँखा चिम्लेर आक्रमणको तारो बनाएका छन् ।

पत्रकारिताका विज्ञ एवम् अग्रज अनुभवीहरूले विशेषगरी संग्रौलामाथि नियोजित तथा संगठित योजना अनुरुप ‘मिडिया ट्रायल’ भएको भन्दै यतिबेला गम्भीर चिन्तासँगै दुःख प्रकट गरिरहेका छन् । सँगसँगै एकजना किशोरीलाई सुनियोजित रुपमा मोहोरा बनाएर सरस्वतीको मन्दिर मानिने सिंगो कलेज, कलेजका पदाधिकारी र तिनका परिवारजनलाई पीडित तुल्याउने काम भएको भन्दै मिडियाका शुभचिन्तकमार्फत आलोचना भइरहेको छ । यो प्रकरणले सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिले लाञ्चछनायुक्त, झुटा र तथ्यहीन आरोप लगाए पनि समाचारको बिषय हुने हो ? वा त्यही नै अन्तिम सत्य हो ? भन्ने प्रश्न समेत उब्जेको छ ।

अभिभावकले आफ्ना बालबच्चाहरूलाई र एउटा शिक्षकले आफ्ना विद्यर्थीलाई सम्झाउँदा भन्ने सामान्य विषयलाई समेत यौन दुव्र्यवहारको विषयका रुपमा जोडिएको छ । शिक्षा दिनेक्रममा सार्वजनिक रुपमा दिएको उदाहरणजन्य अभिव्यक्ति विद्यार्थीहरूलाई दिनेक्रममा केटा साथी/केटी साथी बनाउनमा लाग्नुभन्दा करियरमा ‘फोकस’ गर भनेर प्रायः सबैलाई दिने अभिभावकीय सुझावलाई अतिरञ्जित गरी यौनदुव्र्यवहार भएको आरोप ति किशोरीले लगाएकी छिन् ।

एक किशोरीले लगाएका आरोपका कारण दशकौँको संघर्षबाट स्थापित शैक्षिक संस्थाको प्रतिष्ठा धुमिल तुल्याउने कार्य भएको छ । यो प्रकरणले यहाँका पदाधिकारीको मानमर्दन मात्र नभइ कलेजको शैक्षिक वातावरण नै धमिल्याउन मौका छोप्ने बहाना स्वरुप मसला बनाइएको आशंका छ ।

इदि, कसैमाथि वास्तविक रुपमा अन्याय नै भएको अवस्थामा छानबिनका लागि राज्यबाट स्थापित न्याय प्रणाली छ । तर ठाडै ‘मिडिया ट्रायल’ बाट आक्रमण सुरु गरिएको छ । प्राध्यापक संग्रौलाले एक पत्रकार सम्मेलनमार्फत आफू जस्तोसुकै अनुसन्धान र छानबिनका लागि तयार भएको बताइसक्दा पनि आरोपको श्रृङखला नरोकिनुले पनि षड्यन्त्रको गन्ध मिलेको छ ।

काठमाडौं स्कुल अफ ल २५औं वर्षको गौरवपूर्ण इतिहास बोकेको शैक्षिक संस्था हो । जसले कानुनी अध्ययनका क्षेत्रमा एउटा अन्तर्राष्ट्रिय स्तरको हैसियत बनाएको छ ।

यसको इतिहासलाई नामेट पार्ने कुत्सित मनसायले नियोजित रुपमा आक्रमण भएको देखिन्छ । ति किशोरीले कहिले संग्रौलाविरुद्ध यौनिक टिप्पणी गर्ने गरेको, कहिले भिडियोमार्फत संग्रौलाको परिवारका प्रत्येक सदस्यले पाँच लाखका दरले रकम दिनुपर्ने, कहिले रकम नदिए सिध्याइदिने धम्की दिने जस्ता गतिविधि गर्दै आएका बिषयहरु समेत सार्वजनिक भइरहेका छन् । ति किशोरीमाथि सञ्जालमार्फत खुल्ला बार्गेनिङ गरिरहेको आरोपसमेत लागेको छ । एकपटक, दुईपटक होइन, पटकपटक यस्ता कार्य दोहोरिइरहनुले ‘दालमा कुछ काला है’ भन्ने अवस्था छ ।

अभिभावकले आफ्ना बालबच्चाहरूलाई र एउटा शिक्षकले आफ्ना विद्यर्थीलाई सम्झाउँदा भन्ने सामान्य विषयलाई समेत यौन दुव्र्यवहारको विषयका रुपमा जोडिएको छ । शिक्षा दिनेक्रममा सार्वजनिक रुपमा दिएको उदाहरणजन्य अभिव्यक्ति विद्यार्थीहरूलाई दिनेक्रममा केटा साथी÷केटी साथी बनाउनमा लाग्नुभन्दा करियरमा ‘फोकस’ गर भनेर प्रायः सबैलाई दिने अभिभावकीय सुझावलाई अतिरञ्जित गरी यौनदुव्र्यवहार भएको आरोप ति किशोरीले लगाएकी छिन् ।

एक गुरुका रुपमा पढाइमा केन्द्रित हुनु, ब्वाइफ्रेन्ड÷गर्लफ्रेन्ड बनाउनतिर नलाग्नू आदिजस्ता सामान्य चिया गफका क्रममा गर्ने गरेका अभिभावकीय रूपमा दिएको सुझावलाई नै ‘यौन दुव्र्यवहार’ भयो भनेर कथा पटकथा बुनिएको छ । ‘जंक फुड’ प्रयोगले कुपोषण हुने विषय उदाहरण दिने क्रममा यी पुस्ताका सन्तान जन्मदै कुपोषित हुने खतरा रहेको भन्दै दिएको उदाहरणलाई पनि यौन दुव्र्यवहार भयो भनिएको छ । सामान्य प्रथम दृष्टिमा हेर्दा पनि संग्रौलाले न कसैलाई लेखेर दुव्र्यवहार गरेका थिए, न कुनै सन्देश पठाएर । या त एकान्तमा बोलाएर वा अन्य अनैतिक तवरले केही गरेर ।

पीडित भनिएकी ति किशोरी छात्राले पनि यस्तो दाबी गरेको अवस्था छैन । तर मिडिया हेडलाइनमै “संग्रौला द्वारा यौन दुव्र्यवहार’’ भनेर अरिँगालको टाउको जत्रो शीर्षक बनाएर समाचार प्रकाशिर हुँदा आम नागरिकले कसरी बुझ्लान् ? वर्षौसम्म प्राज्ञिक कर्म गरेर बनाएको छवि र प्रतिष्ठामा यस्तो समाचारले गर्ने अपूरणीय क्षतिको जिम्मा ति मिडियाले लिन्छन् ?

सर्वत्र सिसिटिभी जडित क्षेत्रमा त्यो कार्यस्थलमा कोही कसैले कसैलाई यौनजन्य दुव्र्यवहार गर्ने कुरा कल्पना गर्न सकिंदैन । त्यसमा पनि डा.संग्रौलाका अतिरिक्त उहाँको पत्नी वरिष्ठ अधिवक्ता गीता संग्रौला र छोरीहरू समेत सोही संस्थामा अध्यापनमा संलग्न छन् । यस्तो परिवेशमा कसैलाई यौन दुव्र्यवहार भयो भनेर आरोप लगाइँदा यी सबैपक्ष विचारणीय हुन्छन् । मनोगत रूपमा सार्वजनिक रुपमा बोलेको कुरालाई लिएर अतिरञ्जित गर्दै आरोप लगाउँदै जाने हो भने भोलि कुनै कलेजका प्राध्यापक र शिक्षक बाँकी नरहने अवस्था आउन सक्छ ।

यौन दुव्र्यवहार हुनका लागि कानुनतः यौन चाहनाले मनासयुक्त रुपमा कसैलाई छुने, यौनका आशयले जिस्काउने वा सोही प्रकृतिको कुनै प्रस्ताव राख्ने कार्य हुनु पर्दछ । कक्षामा वा सार्वजनिक रुपमा कुनै विषयमा बुझाउन प्रष्ट्याउन राखेको विचार नै यौन दुव्र्यवहार भन्ने हो भने फौजदारी कानूनका कक्षामा फरेन्सिक साइन्सका कक्षामा यौन अपराधका विषय पढाउनै नहुने भयो ।

उदाहरणका लागि पनि शिक्षकले केही बोल्नै नहुने अवस्था आउने छ । यतिमात्र नभै यस्तै प्रकृतिका मुद्दामा अदालतमा बयान लिँदा पनि वा मुद्दामा बहस गर्दा पनि यौन दुव्र्यवहार भयो भन्ने कुरा आउन सक्छ । जो कोही प्राध्यापक, शिक्षक कक्षा कोठामा जान भयग्रस्त र आतंकित हुनेछन् ।

दुखद् र गम्भीर चिन्ताको बिषय त एक विद्यार्थीबाट सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भनिएको विषयलाई विद्यार्थीको पोस्टकै आधारमा सार्वजनिक सञ्चार माध्यमहरूले पनि धारावाहिक प्रकाशन प्रसारण गरिरहेको देखिन्छ । जब की काठमाडौं स्कूल अफ लले यस विषयमा स्वतन्त्र छानबिन गरिरहेको भनेर सार्वजनिक विज्ञप्ति समेत प्रकाशन गरिसकेको छ ।

प्राध्यापक संग्रौलामाथि जुन हिलो छ्याप्ने काम भएको छ, सतहमा हेर्दा हिन्दी सिनेमाको शैलीमा सक्ने उद्देश्यले अंध्यारा कोठामा बसेर योजना बुनिएको हो कि भन्ने लाग्छ । संग्रौलामाथि जुन लान्छना लगाइएको छ, मिडिया समेतको गठजोडमा सत्यताको परीक्षण नभइ सामाजिक जीवन, इज्जत र जीवनभर कमाएको मर्यादा समाप्त पार्ने प्रयास भएको छ ।

यद्यपि, कलेजले पूर्वन्यायाधीश डा.श्रीकृष्ण भट्टराईको नेतृत्वमा एक छानबिन समिति गठन गरिसकेको छ । छानबिनको निष्कर्ष आउनै बाँकी रहेको अवस्थामा समितिलाई समेत दबाब र हस्तक्षेप गर्ने गरी तल्लो तहमा उत्रेर ‘मिडिया ट्रायल’ भइरहेको छ ।

संग्रौलाले राजनीतिक बेथितिविरूद्ध, भूराजनीतिक षडयन्त्रविरूद्ध सार्वजनिक अभिव्यक्ति दिंदै सार्वजनिक रुपमा बौद्धिकको छवि निर्माण गरेको व्यक्तित्वमाथि कालो पोत्ने योजनामा मिडियासमेत मोहोरा बन्यो कि भन्ने प्रश्नसमेत उठेको छ । पछिल्लो समय संग्रौलाले विभिन्न लेख र सामाजिक सञ्जालमार्फत आम नागरिकलाई राष्ट्रियता, देशभक्ति र उत्पादनको पक्षमा लाग्नसमेत आव्हान गर्दै आइरहेका छन् ।

यसकारण पनि उनको सार्वजनिक छवि, सामाजिक प्रतिष्ठा र इज्जत धुमिल गराउने षडयन्त्र अन्तर्गत सार्वजनिक सञ्चार माध्यममा अतिरञ्जित दुष्प्रचार भएको सन्देह छ । र, यो प्रकरणको अन्तर्यमा सामाजिक जीवन नै सकाउन एउटा गिरोह उद्दत रहेकोे आभाष मिल्छ ।

प्रतिक्रिया दिनुहोस्