Logo
Logo

निष्ठापूर्वक काम गर्ने आइजीपीको प्रतिवद्धता


1.3k
Shares

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले नेपाल प्रहरी संगठनको नेतृत्व गर्दा निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गृह मन्त्रालयमा आईजीपीको दज्र्यानी चिन्ह ग्रहण गर्दै उनले समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी पनि मुक्त नरहेको भन्दै संगठनको नेतृत्व गर्दा निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले संगठनभित्र कार्यक्षमताको उचित मूल्याङ्कन गर्ने र पूर्वाग्रही भावना नराखि समन्वयात्मक भूमिकाका लाग्ने प्रतिवद्धता जनाए ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गर्दै गृहसचिव दुवाडीले बिभिन्न अपराधका घटनाबाट नयाँ चूनौति उत्पन्न भएकाले यसलाई सहज रुपमा समाधान गर्ने विश्वास व्यक्त गरे । उनले मुलुकको शान्तिसुरक्षा कायम गर्न मन्त्रालयबाट सदैव सकारात्मक सहयोग हुने बताए ।

प्रतिक्रिया दिनुहोस्