
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको छ ।
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन भएपनि केहि क्याम्पसमा भने मतदान प्रक्रिया नै रोकिएको छ । मतदान प्रक्रिया स्थगीत भएपछि काठमाडौंको प्रदर्शनीमार्गस्थीत रत्नराज्य क्याम्पसका विद्यार्थीहरुले भने सांकेतिक विरोधस्वरुप सडकमा नै मतपेटीका बनाएर मतदान गरेका छन् ।
फर्जी परिपत्र वितरण गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेपछि रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको थियो ।
विद्यार्थीहरुले स्ववियु निर्वाचन तत्काल गर्न माग गर्दै प्रदर्शन समेत गरेका छन् । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ तर २०६५ सालदेखि भने स्ववियु निर्वाचन नियमित हुनसकेको छैन ।