Logo
Logo

पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोड रुपैयाँसहित पक्राउ


4.2k
Shares

काठमाडौं । टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । उनलाई आज बिहान प्रहरीले काठमाडौंको टोखा नजिक झोर क्षेत्रबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा पक्राउ परेर छुटेका थिए ।

यसअघि लामा ७ किलो सुनसहित कलंकीबाट पाँच वर्ष जेल बसेर समातिएर २०७८ मा छुटेको प्रहरीले जनाएको छ । उनलाई आज ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जानेक्रममा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले यसबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्