Logo
Logo

ड्रमको डुंगा पल्टिँदा कर्णालीमा बेपत्ता सेजुवालको शव भेटियो


378
Shares

काठमाडौं । कर्णाली नदी तर्ने क्रममा बेपत्ता भएका देवनाथ सेजुवालको शव भेटिएको छ । सोमबार ड्रमको डुंगा चढेर कर्णाली नदी तर्ने क्रममा बेपत्ता भएका मुगुको छायाँनाथ रारानगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल शव मंगलबार फेला परेको हाो ।

उनी १० महिनादेखि कर्णाली करिडोरको घाटचौर–लैफु सडकमा ज्याला मजदुरी गर्ने मजदुर हुन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक किशोरकुमार केसीले सेजुवालको शव आफन्तको जिम्मा लगाएइको बताए ।

उनी सोमबार कर्णाली नदी पारिबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुंगा चढेर काम गर्ने ठाउँमा जाँदै गर्दा खसेर बेपत्ता भएका थिए । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्