विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ ।
धनपालथान ६ को कदमा गाउँमा मंगलबार दिउँसो देखि सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन ।
आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् । चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । आगलागीबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।