Logo
Logo

इतिहासमा पहिलोपटक एसईई सुरू नहुँदै तोकियो नतिजा निकाल्ने मिति


5.4k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत ७ गते सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गर्ने मिति सार्वजनिक गरेको छ ।

बोर्डले परीक्षा सञ्चालन भएको ९० दिनभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको भन्दै आगामी असार ७ गते नतिजा प्रकाशन गर्ने जनाएको हो । यसअघि नतिजा प्रकाशनबारे बोर्डले मिति नतोक्दा विद्यार्थी अन्योलमा हुन्थे ।

नतिजा कहिले आँउछ भनेर विद्यार्थीलाई अन्योल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति नै तोकिएको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । यस वर्षको एसईई परीक्षा बिहीबार बिहान ८ बजेबाट सुरु हुँदैछ ।

देशभर २ हजार ८० परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै छन् । यस वर्ष जापानको परीक्षा केन्द्रबाट पनि २९ जना विद्यार्थीले एसईई दिँदै छन् । यस्तै केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्