कन्चनपुर । कन्चनपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको ६ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तिमध्ये चार क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र दुई क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएको छ ।

दोधाराचाँदनीको भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श, बेलौरीको महाकाली बहुमुखी, पुनर्वासको जनता बहुमुखी, कलकत्ताको रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा भएको चुनावको परिणाम सार्वजनिक भएको हो ।
तीमध्ये नेपाल विद्यार्थी संघले जनता बहुमुखी क्याम्पस (विकास खड्का) प्यानलसहित, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पस (मोहन जैसी), दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस(सुवास नेगी) प्यानलसहित,र कञ्चन बहुमुखी क्याम्पसमा (सुनिल ऐर) जितेको छ ।
यस्तै, बेलौरीको रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी (रविना राना) प्यानलसहित र बेलौरीकै महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचित भएका छन् । एमालेनिकट अनेरास्ववियुले भने कुनै क्याम्पसमा बिजयी भएको छैन । केही क्याम्पसमा विवादका कारण स्ववियु निर्वाचन हुन सकेको छैन ।