Logo
Logo

नेपालले आज ३६ वर्षपछि सिंगापुरसँग खेल्दै


1k
Shares

काठमाडौं । नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल–सिंगापुरबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६ः१५ बजे सुरु हुनेछ ।

आजको खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोट्र्स एचडीबाट हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले नवनियुक्त प्रशिक्षक म्याट रोसको आगमनपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

मुख्य प्रशिक्षक रोसको लागि सिंगापुरविरुद्धको खेल ऐतिहासिक हुनेछ किनकि उनी कुनैपनि पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा यही खेलबाट डेब्यु गर्दैछन् । सिंगापुर जानुअघि नै उनले आफ्नो सपना पूरा हुने बताएका थिए ।

नेपालले ३६ वर्षपछि सिंगापुरसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । यसअघि पछिल्लोपटक सन् १९८९ मा नेपालले विश्वकप छनोटअन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्