Logo
Logo

धनुषामा एक युवकको विभत्स हत्या


756
Shares

जनकपुरधाम । धनुषामा एक युवकको विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने रामदुलारका छोरा २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो ।

उनको शव गौशाला नगरपालिका ८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ ५ फेला परेको प्रहरीले जनाएको छ । शव शुक्रबार साँझ साढे फेला परेपनि उनको सनाखत भने शनिबारमात्र भएको थियो । प्रहरीले हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

महोत्तरी प्रहरी प्रवक्ता एवं डिएसपी सन्तुलाल जयसवारले शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको देखिएको बताए । प्रहरीका अनुसार शिवशंकरको शव नग्न अवस्थामा खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ ।

स्थानीयका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए ।

मृतकका भाइ राम महतोका अनुसार एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजू र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए । त्यहाँबाट श्रीमती सृजनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएकी थिइन् । एउटामा १० महिने छोरासहित सृजना चढेकी थिइन् भने अर्कोमा शिवशंकर चढेका थिए ।

शिवशंकरको घरमा सबैले ससुराली पुगे भनेर ढुक्क थिए । तर, शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट मान्छे पहिचानका लागि शिवशंकरको घरबाट मान्छे बेलाउँदा त्यहाँ पुगेपछिमात्र छोरा ससुराली नपुग्दै हत्या भइसकेको परिवारले थाहा पाएका थिए ।

केही दिनअघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई श्रीमती सृजनाले नाना (हजुरबुबा)को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएकी भाइ रामको भनाइ छ । मृतकका भाइ रामले अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरीसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्