Logo
Logo

एसएसपी बढुवाको बार्गेनिङ


10k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका आइजी राजु अर्यालले आफ्नो संगठनका कुनै पनि प्रहरी कर्मचारीले राजनीतिक शक्ति केन्द्र धाएमा कारबाही गर्ने बताइरहेका छन् । केही अघि डिआइजी र एसएसपीलाई राजनीति नेतृत्वसँग विना अनुमति भेटघाट गरेको भन्दै स्पष्टीकरणसमेत लिएका थिए । तर अहिले बढुवाको बेलामा केही डिएसपी र एसपीहरू राजनीतिक दलका नेता कार्यकर्तासँग बर्गेल्ती क्याफेहरूमा भेटिने गरेका छन् । उनीहरू दलका नेताका घरमा समेत पुग्ने गरेका छन् ।

संगठनका प्रमुखलाई अविश्वास गरी शक्ति केन्द्र धाउन थालेका हुन् । डिआइजी दीपेन्द्र शाहको बढुवालाई देखाएर शक्ति केन्द्र मिचेको भन्दै धेरै जुनियरहरू पनि बढुवाको लागि शक्तिकेन्द्र धाउन थालेका हुन् । राजनीतिक शक्तिका भरमा जुनियर भए पनि सिनियरलाई पछि पार्दै बढुवा हुने प्रवृत्ति नेपाल प्रहरीमा त पुरानै रोग छदैं थियो तर सशस्त्र प्रहरी बलमा पनि डिआइजी दीपेन्द्र कुँवरलाई देखाएर यो रोग सरेकोमा धेरै जुनियरहरू पनि बढुवाको लागि शक्तिशाली नेताका घर धाउन थालेका छन् ।

सशस्त्र प्रहरी बलमा रिक्त ५ जना एसएसपीको बढुवामा उनीहरू कांगेस र एमालेका नेताहरुको घर–घरमा पुग्न थालेका छन् । अहिले सशस्त्र प्रहरी बलमा ५ वटा एसएसपीका पद रिक्त छन् । ३० बर्षे सेवा अवधिको कारण अवकाश भएका एसएसपी बिश्व अधिकारी, एसएसपी दीपक अधिकारी डिआइजीमा बढुवा भएपछि गरी दुई एसएसपीको पद यसअघि नै रिक्त थियो । बाँकी तीन पदमा भने एसएसपीहरू कृष्ण ढकाल, दिपेन्द्र कुवँर र विष्णु भट्ट केही दिन अघि मात्रै डिआइजीमा बढुवा भएका थिए । उनीहरूको पदस्थापन पनि भइसकेको छ । भट्टलाई कर्णाली, कुवँरलाई मानवस्रोत र ढकाललाई राष्ट्रिय सुरक्षा परिषद पठाइएको छ ।

यी ५ रिक्त एसएसपीको पदमा अहिले तीन समूहका एसपीहरूको चर्को प्रतिस्पर्धा देखिएको छ । पहिलो समूह सि सं २ को पहिलो लटमा एसपी भएकाहरूले भन्दा पनि पछिल्लो लटमा भर्ना भएकाहरु यसमा बढी चलखेल गरिरहेका छन् । ध्रुव कार्की, जनक पुरी, यादव विश्वकर्मा, अशोक वम, टोप खनाल र बीरेन्द्र एैर पहिलो लटका हुन् ।

त्यसपछिको समूह छ सि सं २ को भए पनि माथिल्लो समूह भन्दा १४ महिना पछि एसपीमा बढुवा भएकाहरूले बढी दावी गरिरहेका छन् । यो समूहमा २० जना रहेका छन् । समिक महर्जन , दीपक थापा , दीपेन्द्र कुवंर (क)लगायतको समूह २० जना भित्र रहेको छ । समिक महर्जन समेत यो समूहका केही अधिकृतलाई एसएसपी बनाउन एउटा गिरोह नै लागेको समेत खुलेको छ । किर्तिपुरका महर्जन सबैभन्दा बढी दौडधुपमा लागेका छन् ।

उनी सशस्त्र प्रहरीमा सधै उपत्याका मात्रै बस्ने अधिकारी हुन् । त्यसपछिको अर्को समूह छ, सांढे दुई बर्ष पछिको । यो समूहमा १९ जना रहेका छन् । उनीहरू सि सं २ का भए पनि एसपी हुंदा पहिलो समूह भन्दा अढाई बर्ष पछि बढुवा भएका थिए । यो समूहमा रूपकुमार क्षेत्री , प्रदिपसिंह कार्की , हर्क पन्त लगायतको टोली रहेको छ । पन्त विवादित एसपी हुन् । उनकै पालाका मोबाइल काण्ड भएको थियो ।

हर्क पन्तले बढुवाको लागि म्यानेजमेन्ट सम्बन्धी एउटा तालिम नगरेको कारण अहिले बढुवा रोक्न समेत लागेका छन् । हालका अर्थ सचिव घनश्याम उपाध्यायसंगै पढेको र गृहमन्त्री रमेश लेखकलाई प्रभाव पार्नका लागि उनका स्वकीय जनक भट्ट लगाएर बढुवा रोक्न लागिपरेका हुन् । भट्टको अश्लिल भिडियो बाहिर ल्याइदिने भन्दै पन्तले आफ्नो पक्षमा लविङ गरिरहेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्