Logo
Logo

सेन्टर प्लाजामा आगलागी, फसेकाहरुको उद्दार गरिँदै


1.8k
Shares

इटहरी । सुनसरीको इटहरीस्थित व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ । प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका छन् ।

माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन भएको छैन ।

इटहरी उपमहानगरपालिका–६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ तल्लामा रहेको होटलको बरन्डाबाट आज बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्