काठमाडौं । नेपाली फिल्म ‘कालमाण्डु’को गीत रेकर्डिङ सम्पन्न भएको छ । अनामनगरस्थित सायरेम स्टुडियोमा रेकर्डिङ गरिएको उक्त फिल्मका गीतहरु लोकप्रिय गायक राजेशपायल राईले गाएका छन् ।
गायक राजेशपायलले सोमबार साँझ ‘कालमाण्डु’को एउटा गीत सायरेम स्टुडियोमै गाएका थिए । त्यससँगै फिल्म ‘कालमाण्डु’को गीत रेकर्डिङ सम्पन्न भएको निर्माणपक्षले जनाएको हो ।

सञ्चालनमा आएको छोटो समयमै सायरेम स्टुडियोमा थुप्रै नेपाली फिल्मका गीत रेकर्डिङ भइसकेको छ । पछिल्लो समय व्यस्त स्टुडियोका रुपमा स्थापित हुँदै गएको सायरेम स्टुडियोमा राजेशपायलले मात्र चारवटा फिल्मको गीत रेकर्डिङ गरिसकेका छन् ।
यो स्टुडियो ‘राई इज किङ’का रुपमा चर्चित गायक राजेशपायलले नै सञ्चालनमा ल्याएका हुन् । सञ्चालनमा आएदेखि नै सायरेम स्टुडियोमा व्यस्त स्टुडियो बनेको हो ।
यही स्टुडियोमा राजेशपायलले प्रकाश सपुत निर्देशित ‘बसन्त’, ‘योगमाया’लगायतका चार फिल्मका गीत रेकर्डिङ गरिसकेका छन् । सोही क्रममा सिरीज फिल्म ‘कालमाण्डु’को गीत पनि यही रेर्कड गरिएको हो ।
फिल्म ‘कालमाण्डु’ निर्माणको हाल अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । क्राइम, सस्पेन्स र थ्रीलर जनराको ‘कालमाण्डु’को निर्देशक शयनम अधिकारी हुन् । शयनमकै कथा र पटकथा रहेको यो फिल्ममा अञ्जना थापा, राकेश, अलिशा बास्तोला, क्रिश गुरुङ, माही अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्मलाई कमल थिङले निर्माण गरेका हुन् ।