Logo
Logo

कुलमानलाई हटाइएको विरोधमा राष्ट्रियसभामा पनि विपक्षी दलको अवरोध


441
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेका छन् । आज बैठक सुरु हुनासाथ विपक्षी दलको सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले राष्ट्रिय भाको बैठकमा आएर स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने सांसद गोपीबहादुर सार्कीले बताए ।

कुलमानलाई हटाउने सरकारको निर्णयको विरोध विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेका थिए । विपक्षी दलको अवरोधले ३० मिनेटका लागि स्थगित भएको बैठक अझै सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्