Logo
Logo

पाँच दलसँग सभामुख घिमिरेको छलफल


756
Shares

काठमाडौं । सभामुख देवराज घिमिरे विभिन्न ५ दलका नेताहरूसँग संवादमा छन् । प्रतिनिधिसभाको बैठकमा अवरोध भएपछि खुलाउन उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेतासँग संवाद गरिरहेका हुन् ।

नयाँ वानेश्वरस्थित सभामुखको कार्यकक्षमा ५ दलका प्रमुख सचेतकहरू छलफलमा छन् । बिहान ११ बजे बोलाइएको बैठक आधा घण्टा ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेर संवाद सुरु गरेका हुन्

विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ हटाएकोबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।

तर, सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सूचना दिनुपर्ने भनेर बुधबारको बैठक चलाउने वातावरणका लागि आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्