
काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आज (बुधबार) शोक विदा दिएको छ । राप्रपाका वरिष्ठ नेता एवं सांसद दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा बसेको बैठकले आज शोक विदा दिने निर्णय गरेको हो ।
बोहराको ७६ वर्षको उमेरमा मंगलबार उपचारका क्रमममा अस्पतालमा निधन भएको थियो । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थिए ।