Logo
Logo

चिकित्सक र औषधीसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान


1.2k
Shares

काठमाडौं । गत साता म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत लिएर नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना चालकदलका सदस्य सहित २२ सदस्यीय टोली नेपाली सेनाको सिएन २३५सिएएसए विमान लिएर म्यानमार प्ररस्थान गरेको हो ।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं उपमरणसहितको उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न छन् ।

उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गत शुक्रबार बैंकक र म्यान्मामा ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट बैंकक र म्यान्मामा ठूलो धनजनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्