
काठमाडौं । आफूलाई भारतका खुंखार गुन्डा नाइके लोरेन्स बिस्नोई र अनमोल बिस्नोई बताउँदै नेपालमा शृंखलाबद्ध अपराध गरिरहेका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका–७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्री रहेका छन् । उनले सामाजिक संजाल ह्वाट्स एपमार्फत ५ करोड भारतीय रूपैयाँ फिरौती मागेको र नदिए जे पनि हुने भन्दै म्यासेजमा धम्काएका थिए ।
ह्वाट्सएपबाट म्यासेज गरी व्यवसायीलाई धम्काउने गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुख डीएसपी धर्मराज भण्डारीले बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।